Moksha Mantra | Thule Ko katha Lyrics

Thule Ko katha | Moksha Mantra
ठुलेको कथा - मोक्क्ष मन्त्रसुनौलो दिन पक्कै आउछ भन्ने सोचेर
निक्ल्यो ठुले मिर्मिरेमै कोदालो बोकेर
साहुको ऋण गरिबी जीवन जिउन कठिन
यो दुखीको कर्म दैबले किन लेखेन ?
छोरा पाउने आसै आसमा जन्मे चार छोरी
पढने लेखने त कुरै छैन अब पाल्ने कसरी ?
सम्पतिको नाममा एउटा चार आनाको घर
राख्यो धितो त्यहि पनि अब छैन केहि भर
यस्तै छ यो ठुलेको कथा
छैन सुन्ने कोहि उसको व्यथा ----- x २
छल कपट गर्न ठुलेले कहिले जानेन
मुग्लान पस भनेको पनि कहिले मानेन
आफ्नो देस आफ्नो गाउ उसलाई सार्है प्यारो
येही माटोमा दिन्छु ज्यान भन्थ्यो सधै क्यारो
हेर्दा हेर्दै ठुले पनि अब बुढो भैहाल्यो
जोस जाँगर शक्ति सबै मरेर गैहाल्यो
सुनौलो दिनको सपना उड्यो आसै आसमा
कसले देला दाग बत्ति अब मरेको लासमा
यस्तै छ यो ठुलेको कथा
छैन सुन्ने कोहि उसको व्यथा ----- x २