NABOLI NABOLI lyrics | Prabin Bedwal | Samikshya Adhikari

NABOLI NABOLI
"नबोली नबोली"Singers : Prabin Bedwal, Samikshya Adhikari
Lyrics, Music Composition & Music Arranger : Arjun Pokharel
NABOLI NABOLI lyrics
नबोली नबोली, तिमीसँग नबोलीदिनै ढल्दैन है मेरो, तिम्लाई नहेरी
नबोली नबोली, तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो, तिम्लाई नहेरी
साँचो माया दिउँला त नी
हुन्छ माया लिउँला त नी
अब सँगै जिउने हो नी
हामी एक अर्काको बनि
छिट्टै पूरा गर्नुपर्छ, हाम्रो यो सपनी
हो, नबोली नबोली, तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो, तिम्लाई नहेरी
बसिदेऊ छेउमा, ए माया, चाहिँदैन अरु
एक्लै जिउनुभन्दा ए माया, बरु सँगै मरुँ
बसिदेऊ छेउमा, ए माया, चाहिँदैन अरु
एक्लै जिउनुभन्दा ए माया, बरु सँगै मरुँ
भोलिको दिन के हो के हो, सोँच्नुपर्छ आजै
तिम्रो साथ नै प्यारो लाग्छ, आजै लैजाऊ राजै
मुना-मदन छुट्नुपर्यो, माया भएनी गाढा
नुनपानी मै चित्त बुझाउँछु, हुँदिन एकै पल टाढा
हुँ, नबोली नबोली, तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो, तिम्लाई नहेरी
बसिदेऊ छेउमा, ए माया, चाहिँदैन अरु
एक्लै जिउनुभन्दा ए माया, बरु सँगै मरुँ
चरी सरी आकाशमा, जाउँ बादल माथि
घाम लाग्दा नी झरी पर्दा नी तिमी नै हौ साथी
अर्को जुनी के हो के हो, यही जुनी सफल पारौँ
दुई मुटुलाई एकै बनाई सँगै पाईला चालौँ
हुँ, नबोली नबोली, तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो, तिम्लाई नहेरी
साँचो माया दिउँला त नी
हुन्छ माया लिउँला त नी
अब सङ्गै जिउने हो नी
हामी एक अर्काको बनि
छिट्टै पूरा गर्नुपर्छ, हाम्रो यो सपनी
हो, नबोली नबोली, तिमीसँग नबोली
दिनै ढल्दैन है मेरो, तिम्लाई नहेरी